Kath khabar
म्यानमारमा प्रदर्शनकारीमा माथि सेनाले गोली चलाउँदा ८२ जनाको मृत्यु


एजेन्सी
चैत ३० ।
म्यानमारमा एकैदिन सेनाले ८२ जना नागरिकको हत्या गरेको छ। म्यानमारको यांगुन सहरनजिकै सेनाको कदमको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा ८२ जनाको ज्यान गएको हो ।
जननिर्वाचित सरकार हत्याएर सेनाले अहिले निरंकुश शासन चलाइरहेको छ। दैनिक हत्याका घटनाहरु बढ्दै गएका छन् । सेनाले आफ्नो शासन सत्ता टिकाइरहन यसो गरेको हो ।
म्यानमारका सामाजिक सञ्जालहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा सेनाले हालसम्म ६ सय १८ जनाको हत्या गरेको छ ।
सेनाले भने यसलाई अस्वीकार गर्दै आएको छ। सेनाका प्रवक्ता मेजर जनरल मिन टुनले शुक्रबार एक पत्रकार सम्मेलनमा दुई सय ४८ जना प्रदर्शनकारी र १६ जना सुरक्षाकर्मीको मृत्यु भएको दाबी गरेका थिए।
उनले सुरक्षा फौजले प्रदर्शनकारीमाथि कुनै पनि किसिमका स्वचालित हतियार प्रयोग नगरेको दाबी गरे । म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि गोली चलाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका घटनाले भने सेनाको दाबीलाई गलत साबित गरिदिएको छ।

 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update