Kath khabar
भारतीय गायक सोनु निगमलाई पद्मश्री पदक प्रदान 

नयाँ दिल्ली, चैत १५। प्रसिद्ध गायक सोनु निगमलाई राष्ट्रपति रामनाथ कोविन्दद्वारा राष्ट्रपति भवन दिल्लीमा पद्मश्री पदकद्धारा विभूषित गर्नुभएको छ।  

सोनू निगम बलिउडमा सबैभन्दा लोकप्रिय पार्श्व गायकहरू मध्ये एक हुनुहुन्छ । उहाँ गायक मात्र नभई एक संगीतकार र अभिनेता पनि हुनुहुन्छ। हिन्दी सिनेमामा सर्वाधिक सफल गायकका रूपमा स्थापित रहनुभएका निगमले करिब १० भाषामा ५००० भन्दा बढी गीत गाइसक्नु भएको छ। उहाँले राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड जस्ता महत्त्वपूर्ण अवार्डहरु हात पारिसक्नु भएको छ।  त्यसैगरी पद्मश्री भारतको चौथो भारतीय नागरिक सम्मान हो ।  

४ वर्षको उमेरदेखि नै आफ्नो गायन यात्रा सुरु गर्नु भएका निगमले पहिलोचोटी स्टेजमा आफ्नो बुबा अगम कुमार निगमसँग क्या हुआ तेरा बाधा भन्ने गित गाउनुभएको थियो ।  स्व मोहमद रफीबाट प्रेरित निगमले चर्चित भारतिय रियालिटी सो सारेगमप सुरुवातदेखि सन् १९९९ सम्म संचालन गर्नुभएको थियो।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update