Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र १६ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १६ गते बुधबार, तदनुसार ई.सं. ३० मार्च २०२२, चैत्र कृष्ण तृतिया तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिष्ठान्न भोजन तथा धनलाभ प्राप्त हुनेछ । सन्तान साथै व्यापार-व्यवसायमा पनि लाभ प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्यमा सुधार, मानसम्मानमा वृद्धि तथा कार्यसिद्धि हुनेछ । कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
कार्यमा वाचाले गर्दा मानसिक तनाव उत्पन्न हुनेछ । व्यापार व्यवसायमा सोचेझैं लाभ नहोला र स्वास्थ्यमा समस्या आउला ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्चमा वृद्धि, स्वास्थ्यमा समस्या साथै यात्रामा केही कष्ट हुन सक्नेछ । मनमा अशान्ति छाउनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दाम्पत्य सुख प्राप्त हुनेछ । यात्रामा लाभ मिल्नेछ र व्यापार व्यवसायमा धनलाभको स्थिति छ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन शुभ रहनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । धनलाभ तथा स्वास्थ्य लाभ मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा रुचि घट्नेछ । सफलताको लागि कडा परिश्रम गर्नुपर्नेछ । यात्रामा कष्टको सामना गर्नुपर्ला ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक चिन्ता र तनाव बढ्नेछ । मन अस्थिर र अशान्त रहनेछ । यात्रा तथा वादविवादको सम्भावना रहेको छ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
पराक्रम बढ्ने, ऑटेको कार्य पूरा हुने तथा धन प्राप्ति हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कुटुम्बसंग वादविवाद तथा कटुता बढ्न सक्छ । आर्थिक व्यय तथा शत्रु वृद्धि हुनेछन् ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
मुहारमा चमक आउनेछ। कार्यसिद्धि हुनेछ भने मिष्ठान्न भोजन र उपहार प्राप्त हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अनावश्यक खर्च, यात्रामा कष्ट तथा स्वास्थ्यमा बाधा उत्पन्न हुनसक्छ । तनाव तथा मानसिक अशान्ति बढ्नेछ ।

 

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update