काठमाडौं, जेठ २ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनौट तथा इराकसँगको मैत्रीपुर्ण खेलका लागि बन्द प्रशिक्षणमा परेका ३२ खेलाडी नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको तयार पारेको उक्त सुचीमा विकेश कुथु, तेज तामाङलाई बाहिर राखेर बन्द प्रशिक्षणको पहिलो चरणको सुची निकालिएको हो । टिममा अजित भण्डारी, सञ्जोग राइ, त्रिदेव गुरुङ, छिरिङ गुरुङ पनि टिममा अटाएका छैनन् । अघिल्लो पटक यी खेलाडीलाई राखेर ३२ जनाको नाम सार्वजनिक गरिएको थियो ।
टिममा नयाँ खेलाडी सुरज ज्यु ठकुरी, आयुष घलान, कमल थापा, गौतम श्रेष्ठ र मनिष डाँगी टिममा परेका छन् । नवयुग श्रेष्ठ र सन्तोष तामाङको टिममा पुनरागमन भएको छ । नेपालले अगामी मे २९ इराकसँग उसैको घरेलु मैदानमा मैत्रीपुर्ण खेल खेल्न लागेको छ । त्यसपछि नेपालले विश्वकप छनौटको दोस्रो चरण अन्तगर्त अष्ट्रेलिया, जोर्डन तथा चाइनिज ताइपेइसँग खेल्नेछ । न्युट्रल भेन्यु कुवेत रहेको छ जहाँ जुन ३ मा नेपालले चाइनिज ताइपेइ , जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
अष्ट्रेलिया १२ अंक जोड्दै शिर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालको तीन अंकका साथ चौथो स्थानमा छ । नेपाल शिर्ष चारमा रहन सफल भएमा सोझै एसियन कप छनौट तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीः
फरवार्डः भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा
मिडफिल्डरः विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास
गोलरक्षकः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की