चन्द्रागिरि केबुलकारमा बिजुली बन्द भई तारमै कारहरु रोकिँदा !

काठमाडौं, चैत १६। काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी केबुलकारमा मंगलबार बिजुली बन्द भई कारहरु तारमै रोकिँदा केबुलकारमा यात्रा गरिरहेका मानिसहरू कारमै अड्किन पुगेका थिए। कम्पनीले आधा घण्टा कारहरु रोकिएको बताएपनि स्थानीयले भने करिब ३ घण्टा सेवा रोकिएको बताएका छन् ।
केबुलकारमा सवार ४० जनाभन्दा बढी पर्यटकहरूलाई केबुलकार बन्द भएपछि इमर्जेन्सी उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएकोले केही समय केबुलकार संचालनमा आउन नसकेको चन्द्रागिरी प्रा.लि. का मेनेजरले जानकारी दिनुभयो। दिउँसो करिव ३ बजे प्राविधिक गडबडीका कारण केबुलकार संचालनमा समस्या भएको भए पनि हाल पुनः संचालन भैसकेको र साँझसम्म सबै पर्यटकहरू फर्किसकेको उहाँले जानकारी दिनुभएको छ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८ १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय