Kath Khabar
नेप्सेमा हरियाली : ४० अंकले बढ्दा दुई अर्ब २५ करोडको शेयर कारोबार 

काठमाडौं, चैत १६। नेप्सेमा हरियाली छाएको छ । यसअघि लगातार घट्दै आएको नेप्से साताको चौंथो कारोबार दिन बुधबार ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा चढ्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि आठ दशमलव १३ अंकले बढेर चार सय ८० दशमलव छ अंकमा चढ्न सफल भएको छ । दुई सय ३२ वटा कम्पनीहरुको ३६ हजार आठ सय ११ पटकको कारोबारमा ४५ लाख दुई हजार पाँच सय ११ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब २५ करोड एक लाख १७ हजार दुई सय ९६ रुपैयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले बढेका छन् । सोही आधारमा नेप्से आज पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरु सुचीमा एनसीसी बैंकको ऋणपत्र, समता लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड, घलेम्दी हाईड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सिद्धार्थ इन्स्योेरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, नबिल बैंक आदि परेका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update