Kath khabar
पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम

 

झापा , चैत्र १६।  तालिममा जिल्लाका ३५ बढी पत्रकारको सहभागिता रहेको छ । सांसद जसमाया गजमेरको सांसद विकास कोषको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा आयोजित तालिममा आसान्न निर्वाचनमा महिलाका सवालका मुद्दाहरू उठाइनेछ ।  

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तालिम सफलताको शुभकामना व्यक्त गर्दै समाजमा विद्यमान विभेदको अन्त्य हुन जरुरी रहेको बताउनुभयो । पत्रकार महासङ्घ झापाका उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना व्यक्त गर्नुभयो । नारी सञ्चार गृहले विगतदेखि नै पत्रकारलाई लक्षित गरेर तालिम, प्रशिक्षणलगायतका कार्यक्रम गर्दै आएको छ । आजदेखि सुरु भएको तालिम भोलिसम्म चल्ने संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update