काठमाडौं, चैत १६। मानवीय जीवनलाई जोखिममा पार्ने घटनाहरूको श्रृंखलालाई प्राकृतिक प्रकोप भनिन्छ। हुन त प्राकृतिक प्रकोपलाई रोक्न त सकिदैन तर प्राकृतिक प्रकोपबाट जोगिन पूर्वतयारी भने गर्न सकिन्छ । हरेक वर्ष बाढीपहिरो, भूकम्प, आगजनी तथा चट्याङ्गबाट मानवीय तथा धनजनको क्षति हुने गरेको छ ।
हरेक वर्ष अन्य प्राकृतिक प्रकोपबाट भन्दा चट्याङ्गबाट ज्यान गुमाउनेको संख्या बढि रहेको अध्ययनले देखाएको छ । सरदर वर्षको १०३ मानिसले चट्याङ्गबाट ज्यान गुमाउनुपरेको छ । भौगोलिक रुपमा पहाड, हिमाल होस् या तराई प्राकृतिक प्रकोपबाट अछुतो भने कुनैपनि रहन सकेको छैन । दक्षिणा एसिया मै सर्वाधिक चट्याङ्गबाट ज्यान गुमाउने संख्यामा नेपाल शीर्ष स्थानमा रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसबाट हुने क्षति र यसको न्यूनिकरणका लागि भएका पहलहरुको काम गर्दै आइरहेको छ । यो जिम्मेवारी वहन गर्दै नेपालमा चट्याङ्गबाट हुने क्षतिमा कमी आउने कुरामा हामी विश्वस्त हुन सक्छौं ।
हाललाई राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट नेपालमा चट्याङ्गबाट हुने क्षति र यसको न्यूनिकरणका लागि भएका पहलहरुको सम्बन्धमा रिपोर्ट लेख्ने जिम्मेवारी इ. सुनिल कर्माचार्यलाई सुम्पिएको छ ।