Kath Khabar
८० देशका कलाकाहरुको सहभागितामा पोखरामा अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक महोत्सव गरिने

 

  काठमाडौं, चैत १६। द वर्ल्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेनमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिभल हुने भएको छ । अगामी सन् २०२३को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टिभलमा  विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वर्ल्ड कल्चर एण्ड आर्टिस्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको विकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार बताउनुभयो । मन्त्री शर्माले यो कार्यक्रमले देशको आर्थिक विकासमा पनि टेवा पुर्‍याउने बताउनुभयो । मन्त्री शर्माले प्रदेश सरकारको तर्फबाट फेस्टिभलको लागि आवश्यक जग्गा तथा अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने बताउनुभयो ।

सो जे एम इन्टरटेन्मेन्टको नेपालका अध्यक्ष प्रकाश सुबेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव सांस्कृतिक प्रवर्द्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याइ नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताउनुभयो । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलिपिन्स, ब्राजिललगायतका यस्तो फेस्टिभल सफलता पूर्वक सम्पन्न गरेको भन्दै सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले आफू उत्साहित भएको बताउनुभयो ।


 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update