Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र १७ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १७ गते बिहिबार, तदनुसार ई.सं. ३१ मार्च २०२२, चैत्र कृष्ण चर्तुदशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गरेका कार्य सिद्धी हुनेछन्। मान पदवी प्राप्त हुनेछ। स्वास्थ्यले पनि साथ दिनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्यमा समस्या आउन सक्नेछ। व्यापार-व्यवसायमा झमेला सहनुपर्नेछ। मानसिक चिन्ता र अशान्ति बढ्नेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
रोगले सताउन सक्नेछ। मन अशान्त रहनेछ। स्वास्थ्य संकटले गर्दा मानसिक अशान्ति तथा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दापत्य सुख तथा पार्टनर सुख प्राप्त हुनेछ। आर्थिक लाभ मिल्नेछ। यात्रामा सुख तथा धनलाभ मिल्नेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धन, मान-सम्मान प्राप्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। आय र व्यय समान रहनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा खासै रुचि रहनेछैन। मनमा अशान्ति छाउनेछ। यात्रामा कष्टको सामना गर्नुपर्ला।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक विवादका कारण मनमा अशान्ति र निराशा छाउनेछ। वादविवाद र झमेलामा नपर्नु नै वेश हुनेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ। धार्मिक कार्यले आर्थिक लाभ र कुटुम्ब माझ आफ्नो वचर्श्व बढाउनेछ। बोलीमा कठोरता आउनेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
विदेश वा लामो दुरीको यात्रामा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनसक्नेछ। धैर्यताको कमिले गर्दा मानसिक अशान्ति बढ्नेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवन साथीको स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढ्ने तथा वादविवाद बढ्ने देखिन्छ। साझेदारी व्यापारमा नोक्सानी व्यहोर्नुपर्नेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
रोग, शोक र भयले सताउनेछ। शत्रु वृद्धि भएता पनि जित यहाँकै हुनेछ। आय-आम्दानी मध्यम रहनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्व-ज्ञान र विवेकको प्रयोगले उच्च अधिकारीको विश्वास जित्न सकिनेछ। नोकरीमा प्रमोसन वा मान-पदवी प्राप्त हुनेछ। पढाई र प्रेममा सफलता मिल्नेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update