Kath Khabar
नेप्सेमा २३ अंकले गिरावट

काठमाडौं, चैत १७ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार पुन घटेको छ । नेप्से आज २३ दशमलव ९५ अंकले घटेर २५ सय ४४ दशमलव ३० अंकमा सीमित हुँदा सेन्सिटिभ पनि चार दशमलव छ अंकले घटेर चार सय ७५ दशमलव ४७ अंकमा सिमित हुन पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ३७ हजार चार सय २९ वटा कम्पनीहरुको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कारोबार रकम एक अर्ब ८९ करोड एक लाख ६४ हजार छ सय ८६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा ट्रेडिङ समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, बोटर्लस नेपाल तराई लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, सामलिङ पावर लिमिटेड, युनियन नेपाल हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने इर्मर्जिङ नेपाल लिमिटेड, नविल बैंक, शिवम् सिमेन्ट आदि परेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update