Kath khabar
नव प्रतिभाहरूको लागि निशुल्क, सुवर्ण अवसर प्रदान गर्दै स्टुडियो रेड लुभुका संस्थापक तथा संगीतकर्मी सावन देव श्रेष्ठ

  ललितपुर, चैत्र १७। सावन देव श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भने पक्कै हैन । सन् २००२ मा सांगीतिक समुह 'ब्ल्याक हक' मार्फत स्रोता माझ झुल्किए । हुन त यो समयलाई नेपाली सांगीतिक फाँटमा पप, रकको स्वर्णिम युगका रुपमा पनि लिन सकिन्छ। त्यो ताका धेरै नयाँ प्रतिभावान कलाकारहरुको उदय पनि भएको हो ।

सो समयमा ब्याण्डको नामसँगै आफ्नो नाम पनि जोड्ने क्रम सुरु हुँदै थियो जस्तै रबिन एण्ड लुजः, राजु लामा एण्ड मंगोलियन हर्ट आदि । त्यही समयताका नै 'सावन देव एण्ड ब्ल्याक हक'को सांगीतिक यात्रा सुरु हुँदै थियो । केही समय पश्चात् सावन देवले आफ्नो सोलो यात्रा पनि सुरु गरे 'भन्थ्यौ तिमी बोल'को गीतको साथमा ।

सन् २००२ मा उदय भएसँगै 'एक विश्वास बोल'को गीतले सावन देव एण्ड द ब्ल्याक हकले स्रोता दर्शकको विश्वास जित्न सफल रह्यो । र निरन्तर रुपमा अघि बढिरहेको पनि छ। संगीतमा लाग्दा आफ्नो समयकालमा समाजमा संगीतप्रतिको नकारात्मक सोच, संघर्षरत हुँदा आर्थिक अभावलाई सावनदेवले पनि नजिकबाट नियालेका थिए । जीवनको आरोह अवरोहमा पनि कैंयौ आँधिबेहरीलाई झेल्दै उनको यात्रा निरन्तर रुपमा अगाडि बढि नै रह्यो । वि.सं. २०७२ को महाभूकम्पले तहसनहस पारेको त्यो समयमा कति त्रासमा थिए त कति अन्योलमा । यस्तै अन्योलतामा एक सोच पलायो । र जन्म भयो 'स्टुडियो रेड लुभु'को । 

स्टुडियो खोले लगत्तै नयाँ काम नयाँ उर्जाको साथमा अघि बढ्दै स्थापनाकालदेखि हालसम्म सयवटाभन्दा बढि अडियो तथा भिजुअल ल्याइसकेको छ स्टुडियो रेड लुभुले । आफ्नो संघर्षशिल यात्रा त उहाँले भुल्ने कुरै भएन र अहिलेको तात्कालिन सांगीतिक फाँट पनि त्यति सजिलो पनि छैन । पहिले जस्तो जेनतेन रेकर्ड गरी रेडियो, टिभिमा बज्ने वा क्यासेट, सिडि बिक्री हुने समय पनि छैन तर नवप्रतिभाहरुको जन्म हुने क्रम त पक्कै रोकिएको पनि छैन । कति प्रतिभाहरू सहि स्थानमा नपुग्दै हतोत्साही भएका पनि नदेखेका हैनौ । अब यस्ता प्रतिभाहरूलाई कसरी उजागर गर्ने भन्ने सोचमा एउटा उक्ति पलायो । एकस्टिक सिजन १ को । र आव्हानको माग गरे सामाजिक सञ्जाल फेसबुक मार्फत । 

स्टुडियो रेड लुभुले नव संगीतकर्मीहरुको लागि अवसरको सिर्जना गर्यो एकस्टिक सिजन १ को । जहाँ इच्छुक व्यक्ति वा समुहले आफ्नो एक मिनेटको भिडियो स्टुडियो रेड लुभुमा उपलब्ध गराउँनुपर्ने र उक्त गीत चयनमा परे स्टुडियो रेड लुभुले आफ्नै खर्चमा उक्त गीतको रेकर्डिङ्ग, एरेन्जमेन्ट, मिक्सिङ, मास्टरिङ्ग र भिडियो गरिदिने बताएको छ । उक्त गीतको कपिराइट भने ६ महिनासम्म स्टुडियो रेड लुभुसँगै रहनेछ । ६ महिनापश्चात् सो गीतको सर्जकसँगै रहने कुरा स्टुडियो रेड लुभुका  सञ्चालक सावनदेव श्रेष्ठले जानकारी दिनुभयो । 

एकस्टिक सिजन १ को यो आव्हानमा कुल पच्चिस नवप्रतिभाहरु छनौट भैसकेका छन् भने हरेका बिहिबार एक नयाँ प्रतिभाका नयाँ सिर्जना स्टुडियो रेड लुभुको युट्युबमा रिलिज हुँदै आइरहेको छ । राजन महर्जनको सम्झनाको बोलको गीत आज बिहिबार मात्र सार्वजनिक गरेको छ । राजन महर्जनको यो गीत स्टुडियो रेडको छैठौं प्रस्तुती हो । थप जानकारीको लागि स्टुडियो रेड लुभुको फेसबुक https://www.facebook.com/redstudiolubhoo मा जान सक्नुहुनेछ । 



 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update