Kath khabar
दैनिक राशिफल


काठमाडौं, चैत्र १८ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १८ गते शुक्रबार, तदनुसार ई.सं. १ अप्रिल, चैत्र कृष्ण औशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यमा वाधा र खर्चमा वृद्धिले मानसिक तनाव बढाउनेछ। यात्रामा कष्ट तथा समय र उर्जा नष्ट हुनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयमा वृद्धि हुनेछ। रोकिएको काम बन्ने तथा धन प्राप्ति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
अधुरा कार्य पुरा हुनेछन्। पैत्रिक सम्पतिबाट लाभ मिल्नेछ। नयाँ-नयाँ अवसरहरु प्राप्त हुनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भाग्यको साथ मिल्नेछ। यात्रामा लाभ मिल्नेछ भने धार्मिक कार्यमा रुचि बढ्नेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मानसिक तनाव वृद्धि हुनेछ। वादविवाद तथा झैँ-झगडाबाट टाढै रहनु वेश हुनेछ। खर्चमा वृद्धि हुनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार-व्यवसायमा लाभ, आयमा वृद्धि हुनेछ। दाम्पत्य सुख प्राप्त हुनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा वाधा अवरोधको सामना गर्नुपर्नेछ। सहकर्मीसंग वादविवाद हुन सक्नेछ। शत्रु वृद्धि हुनेछन्।  

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
सिर्जनात्मक कार्यमा रुचि र सफलता प्राप्त हुनेछ। पढाईमा रुचि बढ्नेछ। यात्रामा लाभ तथा प्रेममा सफलता मिल्नेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
घरायसी सुख प्राप्त हुनेछ। पुरानो मित्रसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारी व्यवसायमा केहि मनमुटाव आउन सक्छ। जीवनसाथीसँग दुरी बढ्नेछ। शारीरिक थकान बढ्नेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्तसँग मनमुटाव बढ्नेछ। पैत्रिक सम्म्पतिको विवाद चुलिनेछ। बोलीको नकारात्मक प्रभाव पर्नेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तान सुख प्राप्त हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। व्यक्तित्वमा निखार आउनेछ। प्रेम सम्बन्धमा मधुरता थपिनेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update