Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र १९ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र १९ गते शनिबार, तदनुसार ई.सं. २ अप्रिल, चैत्र शुक्ल प्रतिपदा तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक यात्राले धन र समय खर्च हुनेछ । स्वास्थ्य समस्या र धनको व्यय हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धन , स्वास्थ्य र मान सम्मान प्राप्त हुनेछ।  व्यापार व्यवसायमा सफलता मिल्नेछ र मिष्ठान्न भोजन प्राप्त हुनेछ । ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मान पदवी प्राप्त हुन सक्नेछ । धन लाभ तथा स्वास्थ्य लाभ हुनेछ । आज गरेका कार्य सिद्ध हुनेछन् ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य खराब रहनेछ । व्यापारमा नोक्सानी तथा मानसिक चिन्ता बढ्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शरिरमा रोग र मानसिक चिन्ता बढ्नेछ । व्यवसायमा घाटा व्यहोर्नुपर्ला र मानसिक तनाव बढ्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दाम्पत्य सुख प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । यात्रामा लाभ र स्वास्थ्य लाभ मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रु माथि विजय प्राप्त हुनेछ । धनलाभ तथा सुख प्राप्ती हुनेछ । खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको भरोसामा बस्दा काम बिग्रने तथा काममा ढिलासुस्ती हुने देखिन्छ । यात्रामा हानी , शरिरमा रोग र कष्टको सामना गर्नुपर्ला ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
सन्तानबाट जस पाईने छैन । पढाईमा रूचि कम तथा यात्रामा कष्ट र असफलता हात लाग्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारबाट मनग्य लाभ मिल्नेछ । भूमि, भवन, वाहन क्रय गर्नको लागि दिन शुभ छ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
दिनभर भागदौडले गर्दा समय र ऊर्जा खेर जानेछ । सोचेजस्तो सफलता प्राप्त नहोला । रोगले पनि सताउन सक्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यहाँको श्रृजनाले उचित सम्मान पाउनेछ । धन र ज्ञान वृद्धि हुनेछ । पैतृक सम्पत्ती सम्वन्धि बादविवादमा यहालाई सफलता मिल्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update