नयाँ दिल्ली, जेठ २ । भारतिय अभिनेता अमिताभ वच्चनले सरकारलाई १० वटा भेन्टीलेटर उपलब्ध गराएका छन् । साथै कोरना भाइरसले अति आक्रान्त भएको भारतको राजधानी दिल्लीलाई ५० वटा अक्सिजन सिलीन्डर र त्यसमा आवश्यक पर्ने अन्य उपकरण समेत सहायता गरेको उनले बताएका छन ।
मे १६ आइतबारका दिन सामाजिक सञ्जाल इन्स्ट्राग्राममा फोटो सेयर गर्दै उनले कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाएको मात्रै बताएनन्, कोरोना नियन्त्रण र यसको उपचारमा आफुले सरकारलाई सहयोग समेत गरेको जानकारी दिएका छन् । उनले युरापिएन मुलुक पोल्याण्डबाट उक्त सामाग्री किनेर दिल्ली राज्य सरकारलाई सहयोग गरेका हुन् । साथै स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोग गरेकोमा पोल्याण्ड सरकारलाई विशेष धन्यवाद समेत दिएका छन् । उनले कोरोना रमाइलो कुरा नभएर यो ज्यादै खतरानाक भएको बताएका छन् । ब्यंग्यात्मक तरिकाले लेख्दै उनले कोरोना क्रिकेट खेल जस्तो सहज नभई धेरै जोखिमयुक्त हुने बताएका छन् ।
गत बर्ष कोरोना भाइरसको पहिलो लहरमा अमिताभ बच्चन पनि संक्रमित भएका थिए । उनका छोरा अभिषेक बच्चन, वुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन पनि कोरना संक्रमित भएका थिए । उनका छोरा अभिषेक र अभिताभ त स्वयं अस्पताल भर्ना नै हुन परेको थियो ।
समर्थक शुभचिन्तकले अमिताभको स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न मन्दिरमा पुजा अर्चना गरेका थिए । अमिताभ बच्चन भारतमा मात्र नभएर दक्षिण एसियामा चिरपरिचित सिने सुपरनायक हुन । कैयन हिन्दी सिनेमामा अभिनय गरेका अमिताभ गुगलमा सबैभन्दा खोजीने भारतिय नागरिक हुन् ।