Kath khabar
दैनिक राशिफल

 काठमाडौं, चैत्र २० । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २० गते आइतबार, तदनुसार ई.सं. ३ अप्रिल, चैत्र शुक्ल द्धितिया तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन शुभ रहनेछ । ऑटेको कार्य पूरा हुनेछ र मुहारमा कति छाउनेछ । धन मान सम्मान प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत व्यर्थ खेर जानेछ । संघर्ष बढ्नेछ भने व्यय अधिक हुनाले मानसिक तनाव बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
आय आम्दानी बढ्नेछ भने रोकिएका धन प्राप्त हुनेछ । आफन्तसँग पुनर्मिलन हुनेछ र बोलीको प्रभाव बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्यक्षेत्रमा सफलता तथा मान-सम्मान प्राप्त हुनेछ । साथिभाईसँगको सम्बन्ध सुमधुर रहनेछ । यश किर्ती बढ़्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यात्रामा कष्ट र व्ययको सामना गर्नुपर्नेछ । वादविवाद पर्न सक्नेछ भने अनावश्यक झमेला आइलाग्न सक्नेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कठोर परिश्रमका वावजुत सन्तोषजनक आम्दानि हुनेछ । शरिरमा रोगले सताउनेछ भने व्यर्थको यात्रा हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
दाम्पत्य तथा स्त्री सुख प्राप्त हुनेछ । साझेदारी व्यापारमा फाईदा हुनेछ । नयाँ योजना कार्यान्वयन गर्न दिन शुभ हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथ मिल्नेछ भने लामो दुरीको यात्रा पनि फलदायी हुनेछ । धार्मिक कार्यमा मन जानेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
स्वास्थ्यमा समस्या आउन सक्छ । मन अस्थिर रहनेछ भने रोग र कष्ट बढ्नाले आर्थिक संकट आउन सक्छ ।  

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापार व्यवसायमा सफलता मिल्नेछ र धनलाभ साथै सुखद यात्रा हुनेछ । दाम्पत्य सुख प्राप्त हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
आर्थिक लाभ मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ । अनावश्यक खर्च हुनसक्छ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विद्यार्थीलाई पढाईमा सफलता मिल्नेछ । सिर्जनात्मक कार्यमा मन जानेछ र सन्तान सुख प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update