Kath khabar
आज पनि पेट्रोल पम्पमा लाइन, आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न निगमको आग्रह
शक्ति देवी पेट्रोल पम्प, लगनखेल

काठमाडौं, चैत १९। नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको भनिएतापनि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि उपभोक्ताको लामो लाइन लागेको छ । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ । 

देशभरका डिपोहरु खुला गरिसकेको र ढुवानी सुरु भएकाले अहिले केही समस्या भए पनि बेलुकादेखि आपूर्ति र वितरण सहज हुने निगमका प्रवक्ताले जानकारी दिनुभयो । दुई दिन व्यवसायीले ढुवानी नगर्दा पेट्रोल पम्पमा तेल अभाव भएको हुने सक्ने उहाँले बताउनुभयो । उहाँले आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न पनि आग्रह गर्नु भएको छ ।

सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम स्थगित गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update