
काठमाडौं, चैत २०। नेप्से पहिलो कारोबार दिन नै घटेर रातै भएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ४४ अंकले घटेर चार सय ६९ दशमलव तीन अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरूको २८ लाख एक सय १३ पटकको कारोबारमा ३२ लाख ५३ हजार आठ सय १६ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कारोबार रकम एक अर्ब ४६ करोड सात लाख ७३ हजार सात सय २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये सामूहिक लगानी कोष समुहको सूचक स्थिर स्थिर देखिएको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरूको सूचक घटेर नेप्से पुरै रातौ भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने युनाईटेड इदी मर्दी हाइड्रो पावर लिमिटेड, सामलिङ पावर लिमिटेड, युनाइटेड इदी मर्दी हाइड्रो पावर नेपाल लिमिटेड, बुद्धभूमि नेपाल हाईड्रो पावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सुर्या लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, कुमारी बैंकको संस्थापक शेयर आदि परेका छन् ।