काठमाडौं, चैत २०। काठमाडौंमा मेलम्चीको पानी आउने समाचार सुनेको पनि ३० वर्ष भैसकेको छ। गत वर्ष मेलम्चीको पानी काठमाडौंबासीको तिर्खा भेट्न आएको मात्र के थियो, परिक्षण कालमै काठमाडौंका सडकहरुका धुलो मात्र होइन सडककै रूप फेरिदिएको थियो, ठूला ठूला खाडल तथा फुटेका पाइपहरुले । त्यस लगत्तै मेलम्चीमा आएको बाढीले एक इञ्जिनियरको ज्यानै लिएको र लेदोमाटोले सुरुङ्ग नै पुरिदिएको समाचार पनि पढ्यौ ।
हुन त मेलम्चीको कहिले निर्माण कम्पनी त कहिले स्थानीय बासी त कहिले प्रचण्डकी बुहारी बिना मगरको कारण चर्चा भै रह्यो । दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्यले शुरु गरिएको यो योजनाले धेरै वाधा र अवरोध झेल्दै जब काठमाडौँवासीको घरको टुटीमा आइपुग्ने बेलामा अध्यक्ष शेर्पाको तर्क छ कि यदि मेलम्चीको पानी काठमाडौँवासीलाई बेच्ने हो भने त्यसको २५% राजश्व हेलम्बुबासीका जनताले पाउनुपर्छ ।