Kath khabar
दैनिक राशिफल

 

काठमाडौं, चैत्र २१। दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २१ गते सोमबार, तदनुसार ई.सं. ४ अप्रिल, चैत्र शुक्ल तृतिया तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरमा कलह बढ्नेछ। धैर्यताको कमीले बन्न आँटेका कार्य बिग्रन सक्नेछन्। गलत कार्यमा मन जानेछ। 

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नेछ भने खर्च साथै मानसिक तनाव पनि बढ्न सक्नेछ। शत्रुहरु हावी हुन सक्नेछन्। 

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
संयमित रही काम गरेमा आयमा वृद्धि हुनेछ। आफन्तको सहयोग मिल्नेछ। बोलीमा नियन्त्रण आवश्यक छ। 

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोजगारीको नयाँ नयाँ अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा केहि वादविवाद पर्न सक्छ। धैर्यताको आवश्यकता छ। 

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यले साथ दिनेछ भने यात्रामा केहि कष्ट र केहि लाभ देखिनेछ। खर्चमा वृद्धि हुन सक्नेछ। 

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शारीरिक र मानसिक थकान बढ्नेछ। व्यर्थको यात्रामा धन, समय र उर्जा नष्ट हुनेछ। दुर्घटना सम्भावना देखिन्छ। 

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
जीवनसाथीसग कलह र मतभेत हुन सक्छ। साझेदारी व्यापारमा मुनाफा बढ्नेछ। पेशा परिवर्तनको सम्भावना प्रवल छ।  

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
शरीरमा नयाँ रोगले सताउन सक्छ। शत्रु वृद्धि हुनेछन्। खर्चमा पनि वृद्धि हुनेछ भने वादविवादबाट टाढै रहनु वेश हुनेछ। 

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
सन्तानसँग मतभेत बढ्नेछ। पढाईमा रुचि कम हुनेछ। प्रेम सम्बन्ध टुट्ने प्रवल सम्भावना रहेको छ। 

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख मिल्नेछ। साथीभाईसँग मनमुटाव हुन सक्नेछ। साझेदारी व्यापारमा मुनाफा बढ्नेछ। 

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
परिश्रम बढ्नेछ भने अत्याधिक थकानको महसुस हुनेछ। खर्चमा वृद्धि र पुरानो रोगले सताउन सक्नेछ। 

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बोलीमा कठोरता बढ्नेछ साथै बोलीको प्रभावले धन लाभ पनि हुनेछ। ज्ञानमा वृद्धि तथा सन्तानबाट पनि सुख प्राप्ति हुनेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update