स्पेन, जेठ ३ । बार्सिलोना, स्पेनिस लिग ला लिगाको उपाधी होडबाट बाहिरिएको छ । उपाधी होडमा रहिरहन बार्सालाई बाँकी दुवै खेल जित्नै पर्ने दवाब थियो । त गएराती क्याम्प नोउमा, सेल्टा भिगोसँग दुइ एक गोलको पराजय ब्येहोरेपछि बार्साको उपाधी यात्रा समाप्त भएको हो ।
खेलको २८ औँ मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्दै बार्सालाइ अग्रता दिलाउनुभएको थियो । तर बार्साको अग्रता धेरै बेर टिक्न सकेन । ३८ औँ मिनेटमा सान्टी मीनाले बराबरी गोल फर्काउनु भयो । दोस्रो हाफको अन्य तिर बार्सा दश खेलाडीमा झरेको थियो । ८३ औँ मिनेटमा क्लेमेन्ट लेङलेट दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनु भयो ।
८९ औ मिनेटमा मिनाले व्यक्तिगत दोस्रो गोल गरेपछि सेल्टाभिगोको दुइ एक गोलको जित सुनिश्चित भएको हो । २००७-८ को सिजन पछि सेल्टा भिगोले पहिलो पटक क्याम्प नोउमा जित हात पारेको हो । लिगमा मात्र एक खेल बाँकी रहँदा बार्साको ७६ अंक छ । खेल पछि प्रशिक्षक रोनाल्ड कोमनले मेस्सीको बार्सा बसाइ लम्बिन सक्ने आशा व्यक्त गर्नु भयो । गएरातीनै शीर्षस्थानको एट्लेटिको मड्रिडले भने ओसासुनालाई दुई एक गोलले पराजित गर्दै उपाधी नजिक पुगेको छ ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । ७५ औँ मिनेटमा बुडि मिरले गोल गरेर ओसासुनालाई अग्रता दिलाउनु भयो । ८२ औैँ मिनेटमा लोडि डोस सान्तोस र ८८ औँ मिनेटमा लुइज स्वारेज गोल गरि एथ्लेटिकोेको दुइ एकको जित सुनिश्चित बनाउनु भएको हो । शिर्षस्थानको एट्लेटिकोको ८३ अंक छ ।
यता साविक बिजेता रियल मड्रिडले एथलेटिक बिल्बाओलाई एक सुन्य गोलले हराउँदै एथ्लेटिकोसँगको दुरी मात्र दुइ अंकमा झारेको छ । यदि अन्तिम खेलमा रियालको जित र एट्लेटिको मड्रिडले हार ब्येहोरेको खण्डमा जिनेदिन जिदानको टोलीले उपाधी रक्षा गर्ने छ । गएराती फर्नान्डेज नाचोले ६८ औँ मिनेटमा गोल गर्नुभएको थियो । यो उहाँको रियलका लागि सिजनको पहिलो गोल हो । यी सबै खेल एकै समयमा भएका थिए ।