स्पेन, जेठ ३ । चेल्सीमाथि चार सुन्य गोलको शानदार जित हात पार्दै बार्सिलोना महिला च्याम्पियन्स लिगको बिजेता बनेको छ ।
स्पेनिस क्लबले महिला तर्फको युरोपेली प्रतियोगिता जितेको यो पहिलो पटक हो । गोथनबर्गमा भएको खेलको सुरुवाती ३६ मिनेटमै बार्साले चार गोल गरेको थियो । ३३ औँ सेकेण्डमा मेलानी लोउपोजले दिनुभएको उपहार गोल माफर्त बार्साले अग्रता बनाएको थियो । १४ औँ मिनेटमा पेनाल्टीमा गोल गरि एलेक्सिया पिटालेसले गोल गरि बार्साको अग्रता दोब्बर बनाउनुभयो ।
त्यसको ६ मिनेटमा अइटनाले बार्सालाई तीन सुन्य गोलले अघि राख्नुभयो । ३६ औँ मिनेटमा क्यारोलिन ह्यानसनले गोल गर्दै बार्सालाई चार सुन्यले अघि राख्नुभयो। पहिलो हाफमा पनि निरिह देखिएको चेल्सीले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । चेल्सी पटक उपाधीको नजिक पुगेको हो । यो नतिजासगैँ च्याम्पियन्स लिगको महिला र पुरुष तर्फको उपाधी जित्ने पहिलो क्लब बनेको छ । साथै फाइनलमा यति धेरै अन्तरको जित हात पार्ने पहिलो क्लबको रेकर्ड समेत बनाएको छ ।