युक्रेन ‘नरसंहार’को अन्तरराष्ट्रिय छानबिन गर्न पोल्यान्डका प्रधानमन्त्रीको आग्रह
वार्सा, चैत्र २१। पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई "नरसंहार" को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गर्नु भएको छ।
"हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं," उहाँले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गर्नु भएको हो।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८ १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय