
काठमाडौं, चैत २१ । नेप्से आज सोमबार पनि घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुुन १५ दशमलव ९४ अंकले घटेर २४ सय ९७ दशमलव ४७ अंकमा सीमित भएको छ । सेन्सिटिभ पनि दुई दशमलव ४७ अंकले घटेर चार सय ६६ दशमलव ५५ अंकमा सीमित भएको छ । दुई सय २६ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ६७ पटकको कारोबारमा ३४ लाख २९ हजार नौं सय १७ कित्ता शेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार पाँच सय ६२ रुपैयाँमा खुम्चिएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घट्दा नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने सिटिजन म्युचुअल फन्ड, इर्मजिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मर्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, सुर्या लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक आदि परेका छन् ।