Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र २२ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २२ गते मंगलबार, तदनुसार ई.सं. ५ अप्रिल, चैत्र शुक्ल चतुर्थी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धन, मान-सम्मान प्राप्ती हुनेछ भने मिष्ठान्न भोजन प्राप्त हुनेछ । कुटुम्बको साथ सहयोगले काम बन्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नेछ भने अपुरो काम पूर्ण हुनेछ । मुहारमा कान्ति छाउनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चमा वृद्धि, शारिरीक कष्ट तथा अनावश्यक झमेला हुन सक्नेछ । बोलीको नकारात्मक प्रभाव पर्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धन, मानसम्मान प्राप्ती हुनेछ । नयाँ नयाँ अवसर प्राप्त हुनेछन् । आँटेका सम्पूर्ण कार्य पूरा हुनेछन् ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यात्रामा कष्ट र व्ययको सामना गर्नुपर्ला, खर्च वृद्धि हुने तथा व्यर्थको भागदौडले मानसिक चिन्ता बढाउनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन प्रतिकुल रहनेछ । सोचे अनुसार काम नबन्दा मानसिक र शारिरीक थकान बढ़नेछ । शत्रु भय रहनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्य क्षेत्रमा बढि नै संघर्ष गर्नुपर्ने देखिन्छ । उच्च अधिकारीसँग वादविवाद पर्न सक्नेछ । व्यापारमा झमेला बढ्नेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यले साथ दिनेछ । दाम्पत्य र पार्टनर सुख प्राप्त हुनेछ । यात्रामा लाभ तथा सादा व्यापारमा मुनाफा प्राप्त हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरिरमा रोगले सताउन सक्नेछ । खर्चमा वृद्धि तथा काममा ढिलासुस्ती बढ्नेछ । शत्रु बलवान हुनेछन् ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जीवनसाथीसँगको सम्बन्धमा सुमधुरता थपिनेछ । सन्तानबाट सुख मिल्नेछ र अध्ययनमा रुचि बढ्नेछ

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु वृद्धि हुनेछन् । खर्च पनि वृद्धि हुनेछ । भागदौड र परिश्रम बढ्नाले शरिरमा अस्वस्थता बढ्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्तान सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध टिकाउन केहि कठिन पर्नेछ । सिर्जनात्मक कार्यले नाम, यश र सम्मान प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update