Kath khabar
गाडी लगायत विलासी सामाग्रीको एलसी रोक गर्न राष्ट्र बैंकको निर्देशन

     काठमाडौं, चैत्र २२। नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका सामाग्रीहरूको प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ। घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो । 

सबै प्रकारका सवारी साधन र यसअघि निर्दिष्ट कम आवश्यक वस्तुको आयातका लागि मंगलबारदेखि नै एलसी बन्द गर्ने आग्रह गरिएको छ ।  राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । ती वस्तु आयात गर्न बैंकहरुले एलसी खोलेको भेटिए कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

विदेशी विनिमय सञ्चिति निरन्तर घटिरहँदा आवश्यक सामग्रीको आयातमा दबाब सिर्जना हुनेछ । उक्त सम्भावना देखेर राष्ट्र बैंकले पछिल्लो समय विभिन्न सामग्रीको आयातमा कडाइ गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update