बेलायत, जेठ ३ । इंग्लीस प्रिमियर लिगमा, गोलरक्षक एलिस्सोन बेक्करको निर्णायक गोलमा लिभरपुलले वेष्ट बु्रममाथि दुई एकको जित हात पारेको छ ।
गएराती वेष्ट बु्रमको घरेलु मैदानमा भएको खेलको १५ औ मिनेटमा रोब्सन कानुको गोलमा वेष्ट बुमले अग्रता बनाएको थियो । खेलको ३३ औँ मिनेटमा मोहम्मद सल्लाहले बराबरी गोल फकाउनु भयो । निर्धारित समय एक एक गोलको अवस्थामा हुँदा ट्रेन्ट एलेक्जेन्डर आर्नल्डले गरेको कर्नर प्रहारमा बेक्करले सुन्दर हेडर गोल गरि लिभरपुलको जित सुनिश्चित बनाउनु भएको हो । अघिल्लो खेलमा उहाँकै पासमा सल्लाहले गोल गरेका थिए ।
उहाँले यो गोल आफ्नो स्वर्गिय पिता जोसे अगिस्टीेन्हो बेक्करप्रति समर्पित गर्नुभएको थियो । उहाँको बुवा अगिस्टीन्होको गत वर्ष घर नजिकैको ड्याममा डुबेर ५७ वर्षको उमेरमा निधन भएको थियो । उहाँले आफ्नो ट्वीटर अकाउण्टमा लेख्दै उक्त कुराको खुलासा गर्नुभएको थियो । लिभरपुलको इतिहासमा गोलरक्षकले गोल गरेको यो १८९२ पछि पहिलो पटक हो । यो सँगै योर्गन क्लोपको टोली लिभरपुलले शिर्ष चारसँगको दुरी मात्र एक अंकमा झारेको छ । लिभरपुल लिगको तीन खेल बाँकी रहँदा ६३ अंकका साथ पाँचौ स्थानमा छ।