Kath Khabar
४६ अंकले घट्यो नेप्से, होटल तथा पर्यटन बाहेक सबै सूचक रातै


  काठमाडौं, चैत २२ । आज मंगलबार पनि नेप्से घटेको छ । नेप्से आज ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव छ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले घटेर चार सय ५८ दशमलव २२ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा दुई सय २८ वटा कम्पनीहरूको ४५ हजार आठ सय ९४ पटकको कारोबारमा ५८ लाख ४१ हजार नौं सय ९८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार तीन सय ८८ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन । जसमध्ये होटल तथा पर्यटन समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेर रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर आदि परेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक आदि परेका छन् ।  

 

 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update