Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र २३ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २३ गते बुधबार, तदनुसार ई.सं. ६ अप्रिल, चैत्र शुक्ल पञ्चमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन अशान्त रहनेछ, आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा समस्या तथा व्यापारमा घाटा व्यहोर्नुपर्ला ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन शुभ रहनेछ । मन प्रशन्न रहनेछ । कार्य सिद्धि हुनेछन् । उपहार प्राप्त हुन सक्नेछ भने दाम्पत्य सुख मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यर्थको यात्राले धन, समय र उर्जा खर्च हुनेछ । स्वास्थ्यमा खराबी तथा मानसिक चिन्ता बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक उन्नति हुनेछ भने रोकिएका काम बन्नेछन् । सन्तान र स्त्री सुख प्राप्त हुनेछ र मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । मान सम्मान पदवि प्राप्त हुनेछ । यहाँले गरेका कार्यको सहि मुल्यांकन हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यवसायमा सोचेजस्तो परिणाम नमिल्ला । मानसिक तनावमा वृद्धि हुनेछ । स्वास्थ्यमा वाधा र धन खर्च हुन सक्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
मन अशान्त र अस्थिर रहनेछ । पुरानो रोगले सताउनेछ । आकस्मिक संकटले कष्ट, तनाव र घाटा व्यहोर्नुपर्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
आर्थिक लाभ मिल्नेछ । दाम्पत्य सुख प्राप्त हुनेछ भने साझेदारी व्यापारमा सोचे झै लाभ मिल्नेछ । यात्रामा लाभ मिल्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
मन प्रफुल्लित रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । धनलाम तथा स्वास्थ्य लाभ हुनेछ भने खर्च बढ्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मन अशान्त र अस्थिर रहनेछ । अध्ययनमा रुचि कम हुनेछ । यात्रामा कष्ट र व्यय हुन सक्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक कलह र चिन्ता बढ्नेछ । वादविवाद झै-झगडा देखि टाढै रहनु वेश हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ईष्टमित्रको साथ र सहयोग प्राप्त हुनेछ । अधुरा कार्य पूर्ण हुनेछन् । धनलाभ तथा मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update