फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, चैत्र २३ । खाना पकाउने ग्याससहित इन्धनको मूल्य फेरी बढेको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६० पुगेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको हो । त्यस्तै डिजेलको पनि खुद्रा मूल्य १६० (प्रतिलिटर) र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउन बाध्य परेको निगमले जनाएको छ । त्यस्तैगरी हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८ १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय