अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने
काठमाडौं, चैत्र २३ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्दै हुनुहुन्छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उहाँ उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्न लाग्नु भएको हो।
स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८ १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय