Kath khabar
भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा दुईदिने प्रशिक्षणको लागि नेपाल आउँदै


      काठमाडौं, चैत्र २३। भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउदै हुनुहुन्छ । दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ  वैशाख ९ गते काठमाडौं आउन लाग्नुभएको हो ।

वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा विन्द्राले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप र जिनियस इन्साइडरको आयोजनामा हुन लागेको उक्त प्रशिक्षण कार्यक्रममा बिन्द्राले कोरोना महामारीबाट संकटग्रस्त बनेको उद्योग-व्यवसायको पुनरुत्थान तथा यसका कारण र समाधानमाका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा उद्यमी व्यवसायी, स्कुल, कलेज, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, अन्य उद्योग व्यवसायका अध्यक्ष, सञ्चालक एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

डा.विवेक बिन्द्रा भारतीय प्रेरक वक्ता, नेतृत्व सल्लाहकार र कर्पोरेट प्रशिक्षक हुनुहुन्छ। बिन्द्रालाई एसियामा युट्युबमा सबैभन्दा धेरै हेरिएको प्रशिक्षक र प्रेरक वक्ता मानिन्छ। युट्युबमा बिन्द्राको करिब १३ मिलियनभन्दा बढि फलोअर्स रहेका छन् । उहाँको च्यानल ‘डा. विवेक बिन्द्रा' एसियामा उद्यमशीलतामा सबैभन्दा धेरै सब्सक्राइबर रहेको च्यानल हो। विवेक बिन्द्रालाई विश्वभरका १५०० भन्दा बढी कम्पनीका सीईओ र संस्थापकहरूबाट परामर्श लिइन्छ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update