
काठमाडौं, चैत २३। नेप्सेमा आज पनि पहिरो गएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव २८ अंकले घटेर चार सय ५५ दशमलव ९४ अंकमा सीमित भएको छ । जसबाट आज दुई सय २६ वटा कम्पनीहरुको ३८ हजार एक सय ७८ पटकको कारोबारमा ४३ लाख ७२ हजार एक सय ७१ कित्ता शेयर खरिद बिक्री भएको छ । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ९९ करोड २९ लाख ७१ हजार सात सय ६४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये होटल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी, आशा लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य पनि बढेका छन् भने इर्मर्जिङ नेपाल लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट आदि परेका छन् ।