नवलपरासी, चैत २३। जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दायर गरिएका अभिनेता पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस शुरु भएको छ ।
बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिए लगत्तै सवा १ बजेपछि शाहका तर्फबाट ९ जना वकिलले बहस शुरु गरेका छन् । पीडित किशोरीका तर्फबाट तीन जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिलहरुले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् ।
प्रतिवादी शाहको पक्षबाट बहस गरेका वकिलहरूले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् । शाहलाई कीर्ते गरेर फसाउन खोजिएको र उहाँलाई रिहा गर्न माग गरिएको अधिवक्ताहरुले बताएका छन् । बुधबार साँझसम्म शाहलाई रिहा गर्ने वा थुनामा राखेर अनुसन्धान अघि बढाउने भन्ने फैसला आउने बताइएको छ ।