Kath khabar
नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन सकिने

काठमाडौ, जेठ ३ । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यो नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरुले आफै बैंकको वेबसाइटमा नबिल आई कार्ड सेक्सनमा सेक्सनमा गई एप्लाई नाउ विकल्प छानि नबिल आई कार्ड लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन । यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको हो ।

 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update