काठमाडौं, चैत २३। नेपालको अग्रणी अनलाइन बजार, दराजले चैत्र २८, २०७८ (११ एप्रिल, २०२२) देखि नव वर्षको सेल- नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, पाँच हजार रुपैयाँसम्मको भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ स्कुटर जित्ने अवसर लिएर आएको छ ।
यो अभियानको लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५ प्रतिशत (अधिकतम १५ सय रुपैयाँ) सम्म छुटको मज्जा लिन सक्नेछन् ।
त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १० प्रतिशत (एक हजार रुपैैंयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशत (१५ सय रुपैंयाँसम्म) छुटको मज्जा लिन सक्नेछन् । साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्री पेमेन्टमा १५ प्रतिशतसम्म छुट (अधिकतम हजार रुपैयाँ) प्राप्त गर्न सक्नेछन् । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुनेछ ।
अभियानको क्रममा सबै विशेष बैंक छुटहरू मज्जा लिन दराजले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्डहरू सक्रिय गर्न आग्रह गरेको छ ।