Kath khabar
यसरी घरमै सजिलोसँग बनाउन सकिन्छ काठमाडौंको प्रख्यात गुँदपाक


          काठमाडौं, चैत्र २४। गुँदपाक नेपालमा सबैभन्दा बढी मन पराइने मिठाई हो। यो धेरै स्वादिष्ट र पौष्टिक तत्वले भरिएको हुन्छ । यसको पौष्टिक फाइदाको कारण यो सुत्केरी महिलाहरुलाई पनि खुवाइन्छ ।

काठमाडौंमा यो मिठाई निकै लोकप्रिय त छ नै अझ काठमाडौं बाहिरका बासिन्दाहरुले पनि घर फर्कने बेलामा काठमाडौंबाट कोशेलीको रुपमा गुँदपाक लैजान बिर्सिदैनन् । यो बच्चाहरु र परिवारको लागी धेरै प्रसिद्ध तथा मिठो कोशेली हो। गुँदपाक घरमै सजिलै बनाउन सकिन्छ । घरमै बनाएको गुँदपाक स्वादिलो ​​र सफा पनि हुन्छ । यसरी बनाउनुस् घरमै स्वादिलो गुँदपाक :-

चाहिने सामाग्रीहरु
घिउ - आधा केजी
गुड  - ११३ ग्राम
गहुँको पीठो  - १ कप
सख्खर - आधा केजी
दूध - २०० एमएल
खुवा - ४०० ग्राम
काटिएको बदाम - २२६ ग्राम
अलैंची - १ सानो चम्चा
जाइफलको धुलो - १/२ टेबल चम्चा
नरिवलको धुलो - ११३ ग्राम
पिस्ता (काटिएको) - १०० ग्राम

बनाउने तरिका
१) ग्यासमा प्यान तताउनुहोस्, प्यान तातो भएपछि प्यानमा घिउ हाल्नुहोस्
२) घिउ पग्लिएपछि गुडलाई थोरै थोरै राखेर भुट्नुहोस् (गुड पपकर्न जस्तै बाहिर निस्कन्छ)
३) घिउबाट गुड निकाल्नुहोस् र अलग गर्नुहोस्
४) त्यही घिउमा गहुँको पीठो सुनौलो खैरो रङ तथा मीठो सुगन्ध नआउन्जेल भुट्नुहोस्
५) अब त्यसमा खुवा पनि राखेर पगाल्नुहोस् । ब्राउन शुगर पनि हाल्नुहोस्
६) जब ब्राउन शुगर पग्लन्छ, तातोबाट हटाउनुहोस् र दूध पाउडर, नरिवल, बदाम, जायफल र अलैंची थप्नुहोस् र यसलाई राम्ररी मिलाउनुहोस्।
७) अब अघि भुटेको गुड पनि राखेर मिसाउनुहोस्
८)  एउटा प्लेटमा चिया चम्चा घिउ हालेर वरिपरी लगाउनुहोस्
९) प्लेटमा पकाएको मिश्रणलाई राख्नुहोस्
१०) प्लेटमा मिश्रणलाई चिल्लो बनाएर राख्नुहोस्, अब गुँदपाकखानको लागि तयार भयो । तपाईले यसलाई इच्छाअनुसार तातो वा चिसो बनाएर खान सक्नुहुनेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update