
काठमाडौं, चैत २४। नेप्सेमा हरियाली देखिएको छ । यसअघि लगातार घट्दै आएको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ३५ दशमलव ६६ अंकले बढेर २४ सय ६४ दशमलव ३१ अंकमा चढ्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ अंकले बढेर चार सय ६३ दशमलव ७३ अंंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरूको ४२ हजार पाँच सय छ पटकको कारोबारमा ५४ लाख ४४ हजार सात सय ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब १२ करोड १५ लाख ११ हजार दुई सय ८० रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन्। सो मध्ये वाणिज्य बैंक, विकास बैक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरा हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हिमालयन पावर पार्टनर लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, नेपाल हाइड्रो डेभलपर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, प्राइम कर्मसियल बैंक, इर्मर्जिङ नेपाल लिमिटेड, आदि परेका छन् ।