Kath Khabar
सिवाइसी नेपाल लघुवित्तले तीन करोड ९५ लाख रुपैयाँको साधारण शेयर जारी गर्ने

 
      काठमाडौं, चैत २४। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन करोड ९५ लाख ३३ हजार छ सय रुपैयाँ बराबरको साधारण शेयरजारी गर्ने भएको छ । संस्थाले यही बैशाख दुई गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ९५ हजार तीन सय ३६ कित्ता साधारण शेयरबिक्री कार्य खुल्ला गर्न लागेको हो ।  

संस्थाको अनुसार बिक्री गरिने कुल शेयरमध्येमा शून्य दशमलव ५० प्रतिशत अर्थात छ हजार ८२ कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात १९ हजार सात सय ६६ कित्ता शेयरसामूहिक लगानी कोषको लागि र बाँकी तीन लाख ६९ हजार चार सय ८८ कित्ता शेयरसर्वसाधारणमा बिक्री गरिने छ ।  

अधिकृत पुँजी २० करोड तथा जारी पुँजी १२ करोड १६ लाख ४१ हजार दुई सय ४० रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुंजी आठ करोड २१ लाख आठ हजार दुई सय ४० रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार आठ सय ४० रुपैयाँ पुग्नेछ । शेयरनिष्कासन एवं बिक्री प्रर्वद्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्री कार्य छिटोमा यही बैशाख छ गते र ढिलोमा बैशाख १६ गते बन्द हुनेछ ।  


 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update