Kath khabar
टोखामा ‘सडक खाना महोत्सव तथा हस्तकला प्रदर्शनी’


 काठमाडौँं, चैत २४।काठमाडौँको टोखा नगरपालिकामा ‘दोस्रो सडक खाना महोत्सव हस्तकला सामग्री प्रदर्शनी’ भएको छ । टोखा नगरपालिका–२ को आयोजनामा ‘स्थानीय महिला सीप प्रवद्र्धनलाई प्रोत्साहन गरौँ, महिला सशक्तीकरणमा टेवा पु¥याऔँ’ भन्ने नाराका साथ आज ‘दोस्रो सडक खाना महोत्सव हस्तकला सामग्री प्रदर्शनी’ गरिएको हो ।

महोत्सवमा टोखाका स्थानीय दिदीबहिनीले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिएको छ । प्रदर्शनमा टोखा बजार र त्यस आसपासका ५०० भन्दाबढी दिदीबहिनीको सहभागिता छ ।

कार्यक्रममा टोखा नगरपालिका–२ वडाध्यक्ष दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । “आन्तरिक पर्यटक प्रवद्र्धन गर्दै टोखाका महिला दिदीबहिनीले उत्पादन गरेका वस्तु बिक्रीवितरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

टोखा नगरपालिका–२ का वडा सदस्य हीराकाजी महर्जनले घर गृहस्थी सञ्चालन गर्दै आएका महिलालाई आर्थिकरूपमा सवल बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टोखाका महिलालाई नगरपालिकाले तालिमसमेत प्रदान गरेको थियो । उक्त महोत्सव सञ्चालन गर्नका लागि टोखा नगरपालिका–२ ले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको छ । टोखाले पहिलोपटक गत वर्ष चैत २१ गते सडक खाना महोत्सव आयोजना गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update