Kath Khabar
आजबाट खुल्यो उपकार लघुवित्तको दुई करोड ३६ लाख रुपैयाँको साधारण शेयर

       काठमाडौं, चैत २५। साधारण शेयरमा लगानी गर्नेहरुको लागि नयाँ अवसर प्राप्त भएको छ । संस्थाले आज शुक्रबारबाट दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर(आईपिओ) को बिक्री कार्य खुल्ला गरेपछि लगानीकर्ताहरुले यस्तो अवसर पाएका हुुन ।

संस्थाले हाल कायम रहेको जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ मध्येबाट ३६ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई लाख ३६ हजार दुई सय ५० कित्ता आईपिओको बिक्री खुल्ला गरेको हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रर्वद्धक रहेको संस्थाको आईपिओको बिक्री छिटोमा चैत्र २९ गते र ढिलोमा बैशाख नौ गते बन्द हुने छ । यसरी बिक्री गरिने कुल शेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात तीन हजार दुई सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ११ हजार आठ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख २१ हजार एक सय ५६ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको संस्थाले जानकारी दिएको छ ।

हाल अधिकृत पुँजी आठ करोड एवं जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी चार करोड २० लाख रुपैंयाँ रहेको छ । आइपिओको बिक्री पश्चात भने संस्थाको चुक्ता पुँजी छ करोड ५५ लाख २५ हजार रुपैयाँ पुग्ने छ । लगानीकर्ताहरूले १० देखि अधिकतम एक सय कित्तासम्मको शेयरखरिदको लागि आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।
 


 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update