Kath khabar
दैनिक राशिफल

काठमाडौं, चैत्र २६ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २६ गते शनिबार, तदनुसार ई.सं. ९ अप्रिल, चैत्र शुक्ल अष्टमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रशस्त धन आगमन हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। सन्तान सुख तथा मित्र सुख प्राप्त हुनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको प्रभावले सम्पूर्ण कार्य बन्नेछन्। आय आम्दानीमा वृद्धि हुनेछ। परिश्रम अनुसारको फल प्राप्त हुनेछ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
सुख र शान्ति प्राप्त हुनेछ भने मन प्रफुल्लित रहनेछ। सानो प्रयासमा ठुला-ठुला कार्य सफल हुनेछन्।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च वृद्धि भएता पनि आत्मसन्तुष्टि प्राप्त हुनेछ। मेहेनत र परिश्रम ज्यादा गर्नुपर्ने तथा केहि मानसिक तनाव बढ्नेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयका नयाँ-नयाँ श्रोत फेला पर्नेछन्। कार्यसिद्धी हुनेछन् भने नयाँ लगानीको अवसर प्राप्त हुनेछन्।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका कार्य पुरा हुनेछन्। सामाजिक र राजनैतिक क्षेत्रमा मानसम्मान वृद्धि हुनेछ। प्रशंसा र स्यावासी पाइनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक यात्रा सफल रहनेछ। यात्रामा लाभ तथा मन प्रशन्न रहनेछ। सन्तान सुख पनि प्राप्त हुनेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक थकान बढ्नेछ। वादविवाद तथा झैझगडामा नपर्नु नै वेश हुनेछ। यात्रामा कष्ट र खर्च हुनेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
दाम्पत्य तथा सन्तान सुख प्राप्त हुनेछ। व्यापार-व्यसायमा उन्नती प्रगति हुनेछ। पार्टनरको सहयोग मिल्नेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शत्रु भय रहनेछ भने शरीरमा रोगले गर्दा आलस्य र तनाव रहनेछ। आर्थिक नोक्सानी व्यहोर्नुपर्नेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
रचनात्मक कार्यमा सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भुमि,भवन,वाहन सुख प्राप्त हुनेछ। पारिवारिक जमघट हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update