Kath khabar
आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै


      काठमाडौं, चैत २६। आज चैते दशैँ मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । चैते दशैँ पर्वका अवसरमा आज हिन्दु धर्म मान्ने नेपालीले घर घरमा दुर्गा भगवतीको विशेष पूजाआजा गर्दछन्। 

चैते दशैं सामान्यतया विक्रम सम्वतको अन्तिम महिना चैत्रमा पर्छ। यसलाई चैते दशैँ वा सानो दशैं भनेर चिनिन्छ। दुई दिन मनाइने यस पर्वको विजयादशमीको १० दिन जत्तिकै महत्व छ । यो दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

चैते दशै असत्य माथि सत्यको जीतको पर्व हो । नेपाल र भारतका केही भागमा चैते दशैंलाई चैत्र नवरात्रि भनिन्छ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update