Kath khabar
बेग्लै स्वादको पाकेको फर्सीको अचार यसरी बनाउनुहोस्

 

चाहिने सामाग्री :
पहेंलो फर्सी - २०० ग्राम
मेथीको दाना - आधा चिया चम्चा
ज्वानो -   १/२ चम्चा
हरियो खुर्सानी - ३/४ वटा
नुन - स्वाद अनुसार
बेसार - १ चम्चा
रातो खुर्सानीको धुलो - १ चम्चा वा चाहे अनुसार
कागती - १  (यदि तपाईसँग चुक अमिलो छ भने उत्तम हो)
तेल - १ चम्चा

बनाउने तरिका :
- फर्सीलाई सानो सानो टुक्रामा काट्नुहोस्
- प्यान तताउनुहोस्, तातेपछि तेल राख्नुहोस्
- तेल तातेपछि मेथीको दाना र ज्वानो पड्काउनुहोस्
- मेथी खैरो भएपछि खुर्सानी पनि राख्नुहोस्
- अब त्यसमा फर्सी, बेसार र नुन हालेर चलाउनुहोस्
- प्यानलाई छोप्नुहोस् र फर्सी राम्ररी नपाकेसम्म पकाउनुहोस्
अब रसिलो र स्वादिलो फर्सीको अचार खानलाई तयार भैसकेको छ। यो अचारलाई तपाइले रोटी या खानासँग खान सक्नुहुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update