Kath khabar
वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा बढ्यो


    काठमाडौं, चैत २६। काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । वैशाख १ गते नयाँ वर्षदेखि लागु हुने गरी सार्वजनिक सवारी साधन तथा ट्याक्सीको भाडा बढेको हो ।

शुक्रबार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो। निर्णयपछि काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो ।

त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा बढेको छ।

यस्तै ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २०० मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update