Kath khabar
दैनिक राशिफल

 

    काठमाडौं, चैत्र २७ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २७ गते आइतबार, तदनुसार ई.सं. १० अप्रिल, चैत्र शुक्ल नवमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गृह सुख प्राप्त हुनेछ । नयाँ कार्य प्रारम्भ हुनेछ । घर जग्गा सम्बन्ध कार्यमा सफलता प्राप्त हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बढ्नेछ भने शरिरमा जोश र जाँगर थपिनेछ । रोकिएका कार्य पूर्ण हुनेछन् ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । कुटुम्बको साथ प्राप्त हुनेछ भने आर्थिक पक्ष सबल हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मुहारमा कान्ति छाउनेछ भने मन प्रशन्न रहनेछ । धन आगमन हुनेछ साथै दाम्पत्य सुख प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च अधिक हुनेछ । झै झमेलामा नपर्नु नै वेश हुनेछ । शत्रु हाबि हुन सक्नेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आयका नयाँ स्रोत फेला पर्नेछन् । आटेको कार्य पूर्ण हुनेछ । आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
नोकरी र राजनैतिक क्षेत्रमा सफलता र ऊँचाई प्राप्त हुनेछ । नाम यश र ईज्जत प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यको साथ मिल्नेछ भने यात्रामा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
शरिरमा थकान र आलस्यता बढ्नेछ । भुmटा आरोप लाग्न सक्नेछन् । स्वास्थ्य खराब रहनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख प्राप्त हुनेछ । साझेदारी व्यापारमा मुनाफा बढ्नेछ । विपरीत लिङ्गीको सहयोग मिल्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्रत्यासित रुपमा स्वास्थ्य खराब हुनेछ । शत्रु भय रहनेछ । आर्थिक व्ययको सामना गर्नुपर्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययनमा रुचि बढ्नेछ । सन्तान सुख प्राप्त हुनछ । रचनात्मक कृयाकलापले नाम  यश र धन प्राप्ती हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update