Kath khabar
'ए मेरो हजुर ४' का लागि जी-बबले गाएको र्‍याप गीत युट्युबको ट्रेन्डिङ नं १ मा


   काठमाडौं, चैत्र २७। फिल्म ‘ए मेरो हजुर ४’ मा चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले गाएको र्‍याप गीत युटयुब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। ‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्‍याप गाएर चर्चामा आउनुभएका का जी-बबले पहिलो पटक चलचित्र ‘ए मेरो हजुर ४’ मा गीत गाउनुभएको हो।

सुरेन्द्र गुरुङ (हाकिम) को लिरिक्स रहेको गीतमा शब्द र स्वर जी-बबकै रहेको छ । गीतमा जी-बबसँगै सुहाना थापा र अनमोल केसीलाई देख्न सकिन्छ। चलचित्र रिलिजको पूर्वसन्ध्यामा जी-बबले गाएको र्‍यापको केही अंश मात्र सार्वजनिक गरिएको छ। पूरा गीत भने दर्शकहरुले हलमा मात्रै हेर्न पाउने निर्माण पक्षले जनाएको छ।

गीत रिलिज भएको तीन घण्टामा तीन हजार प्रतिक्रिया आएको छ। चलचित्रमा गाएको र्‍याप र उहाँको भाइरल भएको र्‍याप 'मिलेन लेभल तेरो बाउ बोला ए' को र्‍यापमा उस्तै स्वाद सुन्न सकिन्छ। गीतको कतिपय भागमा ‘मिलेन लेबल’को रिमिक्स जस्तो लाग्छ । तर  केही नयाँ स्वादहरू पनि बीचबीचमा सुन्न सकिन्छ। पूरा नाम सुदीप भण्डारी भएका जी-बब एक उदीयमान र्‍यापर हुनुहुन्छ । र्‍याप ब्याटलमा जी बबले गाएको ‘मिलेन लेबल तेरो बाउ बोला ए’ शब्द निकै भाइरल भएको थियो।

झरना थापाद्वारा लिखित र निर्देशन रहेको 'ए मेरो हजुर ४' रोमान्टिक ड्रामा चलचित्र हो। सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नुभएको हो । चलचित्रमा अनमोल केसी र सुहाना थापासँगै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र वैशाख १ (१४ अप्रिल) मा हलमा रिलिज हुँदैछ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=Cd4J10pf92A

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update