दुई हजार सात सय ४० जनामा परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि
मृत्यु शुन्य, ४८ जना संक्रमणमुक्त

काठमाडौ, चैत्र २७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल दुई हजार सात सय ४० वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौ सय ५१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८ १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय