Kath khabar
विदेशी मुद्राको सञ्चिती बढाउन बैंकहरुको प्रयास

       काठमाडौं, चैत २७। विदेशी मुद्राको सञ्चिती बढाउनको लागि वाणिज्य बैंकहरुले कम्तीमा एक हप्ताको लागि प्रतीपत्र (एलसी) को कारोबार नर्गने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर संघको आइतबार बसेको बैठकले तत्कालको लागि एलसीको कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

संघले गरेको यस्तो निर्णय अनुसार एक हप्ताको लागि नयाँ एलसीको कारोबार बन्द हुनेछ । देशमा विदेशी मुद्राको सञ्चिती घट्दै गएकाले राष्ट्र बैंकले पनि अत्यावश्यक बाहेकका बस्तुको आयातमा एलसी नखोल्न सुझाव दिएसँगै वाणिज्य बैंकहरुले नयाँ एलसी नखोल्ने निर्णय गरेका हुन् ।

तत्कालको लागि एलसी रोकिंदा विदेशबाट ल्याइने सामानहरुको आयात घट्ने विदेशी मुद्राको सञ्चिती बढ्नेछ । संघले बैशाख महिनाभरिमा निक्षेपको व्याजदरलाई स्थिर राख्ने समेतको निर्णय गरेको छ ।   

 

 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update