ललितपुर, चैत्र २८। पाटनको मुटुमा अवस्थित पिमबहाल पोखरी प्रसिद्ध ऐतिहासिक पोखरी हो। पिमबहाल पोखरीको सौन्दर्यताले धरैलाई आकर्षित गर्छ । १४ औँ शताब्दिमा निर्माण भएको यस पोखरीसँगै रहेको प्राचिन शैलीमा निर्माण भएको मन्दिर र स्तुपा अर्को आकर्षण रहेको छ ।
पोखरी कसरी निर्माण भयो भन्ने बारेमा विभिन्न किंवदन्तिहरु छन्। एकले भन्छन् कि १४ औं शताब्दीमा पिमबहाल खाली जमिन थियो। रातको समयमा लाखेहरु (एक प्रकारको दानव) यहाँ घुम्ने गर्दथे । लाखेहरू हरेक रात आएर चर्को आवाज निकाल्ने, घरमा पसेर बालबालिकालाई डराउने र इलाकामा अशान्ति फैलाउने गर्थे । स्थानीय बासिन्दा र एक गयबाजे नामक तान्त्रिक तिनीहरूको कार्यबाट सारै रिसाए। त्यसैले तिनीहरूलाई नियन्त्रण गर्न गयबाजेले आफ्नो जादुई शक्ति प्रयोग गर्नुभयो र तिनीहरूलाई पिमबहालको त्यो खाली जमीनमा पोखरी खन्न लगाउनुभयो किनभने 'जबसम्म जमिन रहन्छ, लाखेहरू आइरहनेछन्'।
अर्को किंवदन्ती अनुसार लाखेकी श्रीमती हिउँदमा पानी लिन धेरै टाढा जानुपर्थ्यो किनभने धारा सुकेको थियो। त्यसबेला ललितपुरमा पोखरी थिएनन् र श्रीमती टाढा हिँड्नुपरेको देख्न नसकेर राक्षसले एकै रातमा पिमबहाल पोखरी बनाएको थियो।
सन् १९३४ को भूकम्पले पोखरी ध्वस्त पारेको थियो। १९६७ मा नेपाल सरकारले पोखरीको ठाउमा बजार निर्माण गर्ने प्रयास गर्यो तर स्थानीयले आन्दोलन गरेर यो कुरा अस्विकार गरे । फलस्वरूप सरकारपछि हट्यो। २०१४ सम्म पोखरी उपेक्षित अवस्थामा रहेको रिपोर्ट गरिएको थियो र यसको मर्मत गर्न गाह्रो भइरहेको थियो।
२०१८ अघि पोखरीको अवस्था एकदमै नाजुक थियो। पोखरी खाली थियो । पानीको सतह यति कम थियो कि माथि झाडीहरू पलाएका थिए । मानिसहरू यहिबाट हिडडुल गर्थे । वरिपरीका समुदायले आफ्नो घरको फोहोर पोखरीमा फालिदिन्थे । फोहोरका पाइपहरू यसमा बगेका थिए। यसको परिणाम स्वरुप त्यहाँका मानिसहरू लामखुट्टेको प्रकोपबाट ग्रस्त पनि भएका थिए।
सबै सम्पदाको संरक्षण गर्नु हरेक समुदायको कर्तव्य हो त्यसै अनुरुप सन् २०१७ मा विश्व बैंक PURPP, (Pro-Poor Urban Regeneration Pilot Project) को सहयोगमा पिमबहाल पोखरी सफा गर्ने प्रक्रिया सुरु भएको थियो। पुर्ननिर्माणका लागि स्थानीय जनताबाट कोष पनि उठाइएको थियो। पोखरी निर्माण भइरहेको बेला, पानी चुहावट रोक्न कंक्रीट पर्खालहरूले घेरेको थियो । पोखरीको तल्लो तह भने उनीहरुले छोएनन्, यसमा अझै पनि माटो र ढुङ्गाको तह पुरानो नै छ।
यस पोखरीको सबैभन्दा मनमोहक पक्ष यो हो कि यसलाई वरपरका समुदायबाट संकलन गरिएको वर्षाको पानीले भर्ने गरिन्छ। केही समयअघि यसको पानीको स्रोत राजकुलो, टिकाभैरब र लेलेबाट आएको थियो । राजकुलोबाट निस्केको पानी काठमाडौंका अन्य धेरै पोखरीमा मिसिएर अन्त्यमा पिमबहालमा पुग्थ्यो । पोखरीको ओभरफ्लोपछि त्यो पानी सिँचाइको लागि प्रयोग गरिएको थियो। तर अहिले पोखरी वर्षाको पानीमा मात्रै निर्भर छ । वर्षातको समयमा पानीले पूरै पोखरी भरिन्छ। यो सुक्खा मौसममा १६–१८ इन्चमा घट्छ। अहिले वरिपरिको पर्खाल हटाएर फलामका बार लगाइएको छ। पुनर्निर्माणपछि पिमबहाल पोखरीको रूप फेरिएको छ।